बिहिबार, मंसिर ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ११, २०८३
  • 60
    SHARES
काठमाडौँ – थाइल्यान्डको राजधानी बैङ्ककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा बिहीबार ठूलो विस्फोट भएपछि आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । विस्फोटमा तत्काल कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् ।
बैङ्ककका बासिन्दालाई मोबाइल फोनमार्फत पठाइएको सूचनाअनुसार स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे विस्फोट भएको थियो । सूचनामा सर्वसाधारणलाई घटनास्थल आसपास नजान आग्रह गरिएको थियो । बैङ्कक महानगर प्रशासनले त्यसको एक घण्टाभन्दा कम समयमा आगो नियन्त्रणमा लिइएको जानकारी दिएको छ । विस्फोटको कारण भने खुल्न सकेको छैन ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा बैङ्ककको पूर्वी क्षेत्रमा रहेको प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँ उडिरहेको देखिएको छ । प्रशोधन तथा भण्डारण केन्द्रको स्वामित्व रहेको बङ्गचाक कर्पोरेसनले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
दैनिक एक लाख २० हजार ब्यारेल प्रशोधन क्षमता रहेको उक्त केन्द्र थाइल्यान्डको पाँचौँ ठूलो तेल प्रशोधन केन्द्र हो । सहरी क्षेत्रमा अवस्थित यो देशकै एक मात्र प्रमुख प्रशोधन केन्द्र रहेको बताइएको छ ।
यसअघि सन् २०१२ को जुलाईमा पनि उक्त केन्द्रमा विस्फोट र आगलागी भएको थियो । त्यस घटनाले नजिकैको आवासीय क्षेत्रमा क्षति पुर्‍याएको थियो भने प्रशोधन केन्द्रको मर्मत गर्न दुई साता लागेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)