बिहिबार, मंसिर ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महँगी नियन्त्रणमा सरकार असफल : महामन्त्री पौडेल


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ११, २०८३
  • 37
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासीको स्थायी व्यवस्थापन तथा महँगी नियन्त्रणमा सरकार असफल भएको बताएका छन्। धादिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले सुकुम्बासी समस्यालाई आफैँले बल्झाएर अलपत्र छाडेको आरोप लगाए।

“सुकुम्बासीहरूको स्थायी व्यवस्थापनका निम्ति सरकारले ठोस कार्यक्रम, योजना र नीति ल्याउन सकेको छैन,” पौडेलले भने, “प्रचारका लागि केही काम देखिए पनि वास्तविक सुकुम्बासी बिचल्लीमा परेका छन्। यो सरकारले नै सुरु गरेर अलपत्र छाडेको विषय हो।”

महामन्त्री पौडेलले बढ्दो मूल्यवृद्धि, बाढीपछिको पुनर्निर्माण तथा संसदीय भूमिकाका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराए। महँगीले जनजीवन अत्यन्तै कष्टकर बनेको उल्लेख गर्दै उनले पहिले एक बोरा चामल आउने मूल्यमा अहिले एक हजार रुपैयाँभन्दा बढी तिर्नुपर्ने अवस्था सिर्जना भएको बताए। तरकारी र फलफूलसहित दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदा पनि सरकार गम्भीर नबनेको उनको टिप्पणी थियो।

नयाँ गर्छु र सरकारको उपस्थितिको महसुस गराउँछु भन्ने सरकारले छोटो समयमै भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणमा ध्यान दिन नसकेको उनले बताए। यस्तै, बाढीले भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी आसपासका बासिन्दालाई पीडा दिएको तथा धादिङ सदरमुकाम जोड्ने महत्वपूर्ण पुल बगाएको अवस्थामा अस्थायी र दीर्घकालीन पुल निर्माणको योजना ल्याउन ढिलाइ भएको भन्दै उनले चिन्ता व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)