बिहिबार, मंसिर ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री र सभापति लामिछानेबिच बुढानीलकण्ठमा ५ घण्टा छलफल


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ११, २०८३
  • 40
    SHARES

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह आज रास्वपाका पार्टी सभापति रवि लामिछानेको निवासमा ५ घन्टा सम्म बसेका छन् । प्रधानमन्त्री शाह र पार्टी सभापति रवि लामिछानेका बीचमा आज दिउँसो सौहार्दपूर्ण रुपमा कुराकानी भएको बताइएको छ ।

प्राप्त समाचार अनुसार उनीहरुका बीचमा विशेषगरी हालै भएको प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा कुराकानी भएको थियो । साथै आगामी स्थानीय निर्वाचन र संसदको हिउँदे अधिवेशन बोलाउने विषयमा पनि छलफल भएको थियो । त्यस क्रममा प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएका अध्यादेशहरु रोकेर राखेका विषयमा जिज्ञासा राखेका थिए ।

संसदको अधिवेशन बोलाउने विषयमा कुराकानी भएको र यही मंसिरको तेस्रो सातातिर बैठक बोलाउने षिययमा कुरा भएको भए पनि राष्ट्रपतिले रोकेर राखेका अध्यादेशका बारेमा के गर्ने भनेर प्रश्न गरेका समाचार स्रोतले जनाएको छ ।

सरकारले जारी गरेका मिडिया काउन्सिल लगायतका केही अध्यादेशहरु रोकेर राखेका छन् । सम्भवत यही कारण पनि हुन सक्छ प्रधानमन्त्री र राष्ट्रपतिका बीचमा भएको असमझ्दारीका कारण प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा जान लागेको जानकारी पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर औपचारिक रुपमा जानकारी गराएका छैनन् ।

सो भेटका क्रममा पार्टीले सुरु गर्न लागेको अभियानका बारेमा पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)