रसुवा,५ वैशाख
रसुवाको उत्तरगया गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा ११ जना र उपाध्यक्षमा ८ जनाको नाम सिफारिस गरेको छ । उम्मेदवार छनोट तथा छलफलका लागि जिल्ला कार्य समितिले दिएको निदेर्शन अनुसार नाम सिफारिस गरिएको हो । गाउँपालिकाको पाँचवटै वडाका सभापति र जेष्ठ सभापति बृद्धि बहादुर घलेको सभापतित्वमा आइतबार बसेको बैठकले नाम सिफारिस गरेको हो ।
गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष उपेन्द्र लम्साल, नेताहरु मंगल तामाङ, ओम आचार्य, लेखनाथ अधिकारी, धनबहादुर गुरुङ, जनक जीवन उपाध्याय, सारदा कुमार न्यौपाने, बिप्लप खड्का, गणेश श्रेष्ठ, पुरुषोत्तम पौडेल र तोयानाथ न्यौपानेको नाम सिफारिस गरिएको छ ।
यस्तै उपाध्यक्षमा शेष कुमारी अधिकारी, सुनिता माया गुरुङ, सिर्जना तामाङ, मञ्जु गुरुङ, शान्ता खड्का, ऋतु ग्यामदान, जमुना श्रेष्ठ र निर्मला तामाङको नाम सिफारिस गरिएको छ ।
