सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नौकुण्डमा काँग्रेसको लोकप्रियता देखेर ममाथि प्रहार गरियो : अध्यक्ष नुर्वु घले


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ५, २०७९
  • 1.6K
    SHARES

काठमाडौं, ५ बैशाख । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु साङ्बो घलेले नौकुण्डमा काँग्रेसको बढ्दो लोकप्रियता देखेर विभिन्न सञ्चार माध्यामबाट आफूमाथि प्रहार गर्ने प्रयास भएको बताउनुभएको छ ।

दैनिकी नेपाल डटकमले आईतबार लेखेको झुटो समचारको खण्डन गर्दै उहाँले रसुवा र नौकुण्डमा काँग्रेसको लोकप्रियता देखेर आफुमाथि प्रहार गर्ने प्रयास भएको बताउनुभएको हो ।

अध्यक्ष नुर्वुले गाउँपालिकाको पैसाले आफ्नो नाममा हाईड्रोपावरको सेयर किनेको भन्ने समचारमा कुनै सत्यता नभएको बताउँदै आसन्न स्थानीय तहको निर्वाचनमा आफूलाई कमजोर पार्नका लागि विपक्षीबाट गरिएको कुप्रचार भएको बताउनुभयो ।

“गाउँपालिकाको पैसाले रसुवा हाइड्रोपावर र बेत्रावती हाइड्रोपावरको नाममा मैले कुनै शेयर खरिद गरेको भए छानविन गरिपाउँ, म सजायाँ भोग्न तयार छु,”– अध्यक्ष नुर्वुले भन्नुभयो । हाइड्रोपावरको ड्यामसाइडदेखि पावरहाउससम्म जाने बाटोमा ठेक्का पहिल्यै भइसकेकाले गाउँपालिकासँग उक्त बाटोको कुनै सरोकार नरहेको उहाँको भनाई छ ।

नौकुण्ड गाउँपालिकामा ६०० भन्दा बढी मतान्तरले विजय हुनुभएका नुर्वुले आफ्नो बढ्दो लोकप्रियता देखेर आफूमाथि मानव बेचविखनजस्तो घिनलाग्दो आरोप लागेको भन्दै यसको खण्डनसमेत गर्नुभएको छ ।

“कुनै ठोस प्रमाणविना पत्रकारिताको आचारसहिता, मर्म र भावनाविपरित, मानव बेचविखनजस्तो घिनलाग्दो कार्यमा मलाई जोड्नु अत्यन्त निन्दनीय कार्य हो, नभएको र नगरेको कार्य जोडेर ममाथि लगाइएको आरोपबारे छानविन गर्न म सम्बन्धित निकायसमक्ष पुग्नेछु,”– उहाँले भन्नुभयो ।

अध्यक्ष नुर्वुले विस २०४८ सालदेखि रसुवामा बसेर काँग्रेसको सङ्गठन विस्तार गर्दै आउनुभएको छ । उहाँ काँग्रेसको दुईपटक गाविस र गाउँपालिको सभापति बन्नुका साथै दुई कार्यकाल काँग्रेसको महाधिवेशन प्रतिनिधी बनिसक्नुभएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)