काठमाडौंः नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि पाँचजनाको नाम वागमती प्रदेश समितिमा सिफारिस गरेको छ । महानगर समितिको बुधबार बसेको बैठकले श्रृजना सिंह, हरीप्रभा खड्गी श्रेष्ठ, नीलकाजी शाक्य, ई. सुसन वैद्य र प्रगतिमान रञ्जीतको नाम सिफारिस गरेको हो ।
स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको उम्मेदवार मनोनयन गर्न महानगर कार्यसमितिको बैठक बसेको थियो ।
