सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको नौकुण्ड गाउँपालिकामा स्थानीय तह निर्वाचन अधिकृतको कार्यालय स्थापना


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ८, २०७९
  • 726
    SHARES

 

रसुवा , ८ वैशाख

स्थानीय तह निर्वाचन गराउन जिल्लाको नौकुण्ड गाउँपालिकामा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।

हरेक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत हुन्छन् । मुख्य निर्वाचन अधिकृतले जिल्ला सदरमुकाम रहेको गाउँपालिका वा नगरपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेछन् । अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहनेछन् ।
जिल्लाको नौकुण्ड गाउँपालिकाको अध्यक्ष नुर्बु स्याङ्बो घलेको अध्यक्षत्तामा एक औपचारिक कार्यक्रम आयोजना गरी कार्यालयको स्थापना गरेको छ्न।स्थानिय तहमा भाग लिने राजनीतिक दलहरुको उपस्थितिमा निर्वाचन कार्यालयको स्थापना गरिएको हो।

निर्वाचन अधिकृत कल्पना खतिवडाले कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्थासमेत निर्वाचन अधिकृतको कार्यालयले हेर्ने बताए । उनले भने, ‘मतदाता नामावली टाँस्ने, उम्मेदवारी दर्ता, मतदान गराउनेदेखि मतगणना गर्ने कामसमेत यही कार्यालयले गर्नेछ।

कार्यक्रममा निर्वाचनलाई भयरहित,निष्पक्ष र स्वतन्त्र तरिकाले सम्पन्न गर्नेपर्ने गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घलेले बताए।
कुनै पनि राजनीतिक दलले विवादरहित तरिकाले नागरिकलाई मतदान गर्ने वातावरण बनाउनुपर्ने कुरामा आफू प्रतिवद्द रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा बोल्नुहुदै, आफुहरुले पाँच बर्षमा गरेको कार्यको मूल्यांकन तथा अग्निपरीक्षा सुरु भएको समेत बताए।
पार्टीले टिकट दिएको खण्डमा उहाँले पुन निर्वाचनमा भाग लिने समेत स्पष्ट पार्नुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)