बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को रिलिज सर्ने


  • माउन्टेन खबर
  • बुधबार, असार १७, २०७७
  • 581
    SHARES

काठमाडौं । नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को रिलिज सर्ने भएको छ । आगामी दशैंमा रिलिज हुने भनिएको फिल्म कोरोनाको कारण छायाँकनमै रोकिएकाले रिलिज सर्ने भएको हो ।

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको रोमान्स रहेको ‘ए मेरो हजुर ४’को काम नसकिएकोले दशैंमा रिलिज हुन नसक्ने देखिएको हो ।

छायाँकन नसकिएको र चलचित्र घर पनि नखुलेको अवस्थामा फिल्मको रिलिज दशैंमा हुन्छ भनेर अहिले नै निर्णय लिन नसकिने निर्माता सुनिलकुमार थापाले बताए ।

फिल्मको छायाँकन चलिरहेको समयमा लकडाउन भएपछि अहिले ३० प्रतिशत मात्र छायाँकन सकिएको र अझै फिल्मको छायाँकन कहिलेदेखि सुरु हुने निर्माण टिम नै अन्योलमा रहेको छ ।

झरना थापाको निर्देशन रहने फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)