आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्याङ्जा हरिनास १ मा कांग्रेसका गुरुङ विजयी


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ३१, २०७९
  • 527
    SHARES

३१ बैशाख, काठमाडौं । स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी हुनुभएको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी हुनुभएका गुरुङले ८०४ मत प्राप्त गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गर्नुभयो । दुई वडाध्यक्षकाबीचमा २६२ को मतान्तर रहेको छ । त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै सुरुआती अग्रता रहेको जनाइएको छ । गठबन्धनकातर्फबाट कांग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ । स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिकामा ९७ वडा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)