बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मल आउनै बाँकी रहँदा झापामा भने रोपाइँ सुरु


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ३१, २०७९
  • 745
    SHARES

३१ जेठ, काठमाडौं । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ ।

कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताउनुभयो । उहाँले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश नं १ को कृषि मन्त्रालयले नै प्रमाणित गरेर सो मात्रामा विर्तामोड कार्यालयलाई मल पठाउने पत्रचार गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ यही हप्ताभित्रमा आउँदैछ ।” उहाँले झापाका लागि ८५०, इलामलाई १००, पाँचथरमा ७० र ताप्लेजुङका लागि ३० मेट्रिक टन मल आउने जानकारी दिनुभयो । प्रमुख भट्टराईले कार्यालयमा आएको मललाई कुन पालिकामा कति र कसरी पठाउने भन्नेबारे कृषि ज्ञान केन्द्रसँगको परामर्शमा वितरण गरिने बताउनुभयो । १५ वटा पालिका रहेको झापामा भने एउटा पालिका बराबर एक हजार १३० बोरा मल मात्र भागमा पर्ने उहाँको भनाइ छ ।

झापामा कृषियोग्य जमिनमध्ये ८८ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले हाल जिल्लामा नौ हजार मेट्रिक टन डिएपी मल आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रोपाइँ सुरु भइसक्यो, यही बेला किसानलाई डिएपी मल चाहिएको छ । झापाका लागि तोकिएको मात्राले त एउटा पालिकालाई पनि पुग्दैन ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)