शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट भारतमा २१ हजारभन्दा बढिको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, असार २५, २०७७
  • 447
    SHARES

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । भारतमा अहिनेसम्म कोरोना भाइरसको कारण २१ हजार १२९ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ४८७ जनाको मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात लाख ६७ हजार २९६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २४ हजार ८७९ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख २३ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । अहिलेसम्म नौ हजार ४४८ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा कोरोना भाइरसका एक लाख चार हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार २१३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा ३१ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ८४५ जनाको मृत्यु भएको छ ।

बिहारमा कोरोना भाइरसका १३ हजार १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १०७ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म कोरोना भाइरसका चार लाख ७६ हजार ३७८ जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)