मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डुम्रे–बेँशीसहर सडक खुले पनि जोखिम कायमै


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ३, २०७९
  • 384
    SHARES

गएरातिदेखि बाढीपहिराले अवरुद्ध बनाएको डुम्रे बेँशीसहर सडकखण्ड सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेँशीसहर नगरपालिका– १ उदिपुरको देउरालीडाँडा पहिराले अवरुद्ध बनेको सडकको पहिरो हटाएसँगै आज बिहान साढे १० बजेदेखि सञ्चालनमा आएको हो ।

लमजुङस्थित डुम्रे–बेँशीसहर–चामे सडक योजना कार्यालयका प्रमुख अच्चुतविलास पन्तका अनुसार वैकल्पिक रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजारसम्म जोडिने यस भागमा माथिबाट लेदो आएर अवरुद्ध भागको लेदो निकालेसँगै पुनःसवारी सञ्चालनमा आएको हो । यहाँ एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको उहाँको भनाइ थियो । माथिबाट लेदो आएको थियो भने तल मस्र्याङ्दी नदीले कटान गर्दा सडक नै भासिएको थियो ।

सडक सञ्चालनसँगै सवारीसाधन आवतजावत गरिरहेपनि यात्रा भने कष्टकर भइरहेको छ । सो स्थानमा सवारीसाधन फस्ने र निकाल्ने गर्दै सवारी सञ्चालन हुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका छन् । माथिबाट कुनै पनि बेला पहिरो खस्न सक्ने र तल सडक नै भासिन सक्ने अवस्थामा रहेको बताइएको छ । उक्त स्थानमा सडक तल र मस्र्याङ्दी नदी माथि भागमा तारजाली हाल्न र व्यवस्थित बनाउन लागिएको कार्यालय प्रमुख पन्तको भनाइ थियो । गतवर्ष र गत असारको पहिलो हप्ता गएको बाढीले डुम्रे बेँशीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थान वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आएको छ । सो सडक ४२ किलोमिटर दूरीको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)