शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वभर १ करोड ३० लाखसंक्रमित ,अमेरिकामा मात्र ३४ लाख १३ हजार बढी संक्रमित


  • माउन्टेन खबर
  • सोमवार, असार २९, २०७७
  • 677
    SHARES

अमेरिकाको विभिन्न राज्यहरुमा कोभिड-१९ बाट संक्रमितहुनेहरुको संख्या फेरि बढ्न थालेको देखिएको छ ।

संक्रमण उच्च रहेका बेला केहि प्रतिवन्धको घोषणा गरेका राज्यहरुमा जनजीवन सामान्य बनेसंगै फेरि संक्रमणको लहर दोहोरिन थालेको छ । यसैक्रममा फ्लोरिडा राज्यमा हालसम्मकै धेरै जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टाको अवधिमा मात्रै त्यहाँ १५ हजार ३०० जना संक्रमित फेला परेका छन् भने संक्रमण भएर नै ४५ जनाको मृत्यु भएको छ । यो संख्या अमेरिका देश भरीकै एक दिनमा भेटिएका कूल संक्रमित संख्याको एक चौथाइ हो ।

अमेरिकाको कूल जनसंख्याको सात प्रतिशत मानिसहरु बसोबास गर्ने फ्लोरिडामा यति धेरै जनामा संक्रमण फेला परेपछि सतर्कता बढाइएको छ । अमेरिकामा गएको २४ घण्टामा मात्रै ६० हजार हाराहारीमा संक्रमण पुष्टी भएको छ । त्यहाँ हालसम्म ३४ लाख १३ हजार भन्दा बढि जनालाई संक्रमण भइसकेको छ । उनीहरु मध्ये १ लाख ३७ हजार जनाको मृत्यु भइसकेको छ । विश्वमा संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ ।

५ लाख ७१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । ७५ लाख ७५ हजार संक्रमितहरु भने केहि समयको अस्पताल बसाइपछि संक्रमणमुक्त भएर फर्किएका छन् । शुरुवाती दिनका तुलनामा  हालैका दिनहरुमा संक्रमण र मृत्युको दर घटेको छ । तर देशहरुले आवश्यक सतर्कता नअपनाउँदा धेरै देशहरमा संक्रमणको दोस्रो लहर शुरु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

ऐजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)