आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मिथिलाञ्चल क्षेत्रमा आज अनन्त चतुर्दशी पर्व मनाइँदै


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २४, २०७९
  • 513
    SHARES

२४ भदौ, काठमाडौं । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज भगवान् विष्णुको विशेष पूजा अर्चना गरी अनन्त चतुर्दशी पर्व मनाइँदैछ ।

मैथिली समुदायमा असोज महिनाको शुक्ल चतुर्दशी तिथिमा अनन्त चतुर्दशी पर्व मनाउने परम्परा रहेको छ । यो पूजा प्रत्येक घरमा नभएर टोल छिमेकमा केही घरमा हुने र त्यहीँ पुगेर सबैले सामूहिकरूपमा पूजा गर्ने चलन छ । पण्डित लालबाबु झाले घरमा जति सदस्य छन्, त्यतिवटा भगवान् विष्णुको १४ नामको १४ गाँठ दिएर धागोले बनाइएको अनन्त डोरा (धागो) र प्रसादी बोकेर पूजा हुने पूजास्थलमा जाने छिमेकी, आफन्त मिलेर सामूहिकरूपमा पूजा गरेर अनन्त डोरा बाँध्ने परम्परा रहेको बताउनुभयो ।

किंवदन्तीका अनुसार सत्य युगमा अमृतको खोजी गर्नका लागि समुद्र मन्थन गरिएको थियो । मन्थन गर्ने क्रममा अमृतसहित १४ रत्न फेला परेको दिनदेखि अनन्त पूजा गर्ने र हातको पाखुरामा अनन्त डोरा बाँध्ने चलन रहेको पण्डित झाले बनाउनुभयो । चौध वटा रत्नको प्रतीकका रूपमा १४ धागोले बनाइएको अनन्त महिलाले देब्रे र पुरुषले दाहिने हातको पाखुरामा वर्षभरि रक्षाका लागि लगाउने चलन रहेको पण्डित बताउँछन् ।

त्यस्तै धार्मिक शास्त्रअनुसार जब पाण्डवले जुवामा आफ्ना सारा सम्पत्ति र राजपाट हारेर वनमा कष्ट भोग्दै थिए, त्यति बेला भगवान् श्रीकृष्णले आज्ञा गरेकाले धर्मराज युधिष्ठिरले आफ्ना भाइहरू तथा द्रौपदीका साथ पूर्ण विधि विधानले यो व्रत लिएर, विधिपूर्वक अनन्तसूत्र धारण गरेका थिए । अनन्त चतुर्दशीको त्यसै व्रतको प्रभावले पाण्डव समस्त सङ्कटबाट मुक्त भए । यस दिन अनन्तका रूपमा भगवान् विष्णुको पूजा गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)