बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

४४ दिन देखि अवरुद्ध बेत्रावती-धुन्चे सडक संचालनमा


  • आशिष लामा
  • बिहिबार, अशोज ६, २०७९
  • 473
    SHARES

६ असोज, रसुवा । ४४ दिन देखि अवरुद्ध बेत्रावती-धुन्चे सडक संचालनमा आएको छ। गत साउन २४ गते राति परेको भिषण वर्षाको कारण पहिरोले क्षतिग्रस्त भएको पासाङल्हामु राजमार्गको बेत्रवती-कालिकास्थान सडक खण्डको वनुवा घुम्तीमा अवरुद्ध भएको सडक बिहिबारदेखि पूर्णरुपमा संचालनमा आएको हो। प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बिहिबार ग्रबिल र मक माटो हाली फिलिङ गर्ने काम सकिए पछि बाटो पुर्ण सुचारु हुने जानकारी दिनुभयो।

चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढी नाका जोड्ने पासाङ्ग ल्हामु राजमार्ग अन्तर्गतको उक्त सडकखण्डको मर्मतसम्भार गर्ने जिम्मा सुन्दरादेवी निर्माण सेवालाई दिइएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)