मङ्लबार, बैशाख २५, २०८१

वाणिज्य बैंकहरूमा २ सातामा थपियो ६७ अर्ब निक्षेप


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ११, २०७९
  • 173
    SHARES

काठमाडौं, ११ असोज 

चालु आर्थिक वर्षको सुरुवातदेखि निरन्तरजसो घटिरहेको निक्षेप पछिल्लो केही सातायता बढ्न थालेको छ । यस क्रममा गत साता (गत भदौ ३१ देखि असोज ७ गतेसम्म) मात्र वाणिज्य बैंकहरूमा २६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

त्यसअघिको साता वाणिज्य बैंकहरूको निक्षेप ४१ अर्ब रुपैयाँले बढेको थियो । यसरी हेर्दा पछिल्लो दुई सातामा वाणिज्य बैंकहरूमा मात्र ६७ अर्ब रुपैयाँ निक्षेप थपिएको बैंकर्स संघको तथ्यांक छ ।

हिन्दुहरूको महान चाड दसैं र तिहारको अवसरमा विदेशमा रहेका नेपालीहरूले रेमिट्यान्स पठाउने क्रम बढेको, कर्मचारीहरूको तलब भत्ता, दसैं बोनसलगायतमा सरकारी खर्च बढेकाले पछिल्ला साताहरूमा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा सुधार भएको जानकारहरू बताउँछन्  ।

राष्ट्र बैंकका अनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूमा वाणिज्य बैंकहरूमा मात्र ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । गत भदौ ३१ मा वाणिज्य बैंकहरूको यस्तो निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }