मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एन्फा विशेष साधारण सभा आज, दुई सदस्यका लागि निर्वाचन हुने


  • माउन्टेन खबर
  • बुधबार, अशोज १२, २०७९
  • 235
    SHARES

काठमाडौं, १२ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आज हुँदैछ । विशेष साधारण सभा धिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा हुनेछ ।

साधारण सभाले एन्फा कार्यसमितिका बाँकी दुई सदस्यका लागि आजै निर्वाचन गर्नेछ ।

साउन २६ को कार्यसमिति बैठकले विशेष साधारण असोज १२ गते गर्ने निर्णय गरो थियो । गत ६ असारमा काठमाडौंमा भएको एन्फाको निर्वाचनमा २१ सदस्यीय कार्यसमिति चयन हुनुपर्नेमा १९ पदाधिकारी मात्र चयन भएपछि बाँकी दुई सदस्यका लागि आज निर्वाचन हुनेछ ।

असार ६ को निर्वाचनबाट केन्द्रीय सदस्यमा मनिष जोशी (४८), अनिल मल्ल (४७), रवीन्द्र चन्द (४६), विकास नारायण श्रेष्ठ (४४), भोजराज शाही (४४), महेन्द्र क्षेत्री (४४), पुरुषोत्तम थापा (४३), रमेश ब्यन्जनकार (४३), मनिराज विष्ट (४२), टिका लामा (४१), भरत बुढथापा ४० मत प्राप्त गर्दै निर्वाचित भएका थिए । दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए ।

असार ६ मा सम्पन्न निर्वाचनबाट अध्यक्षमा पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दिपक खतिवडा र दावा लामा, १३ खुल्ला सदस्यहरुमा महेन्द्र क्षेत्री, भोजराज शाही, मनिष जोशी, अनिल मल्ल, पुरुषोत्तम थापा, विजय नारायण श्रेष्ठ, रविन्द्र चन्द,टिका लामा, रमेश व्यञ्जनकार, भरत बुढ थापा र मणिराज विष्ट तथा महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }