शुक्रबार, बैशाख २१, २०८१

खाद्यले आजदेखि खसीबोका बिक्री गर्दै : पोहोरको भन्दा महँगो


  • माउन्टेन खबर
  • बुधबार, अशोज १२, २०७९
  • 295
    SHARES

काठमाडौ, १२ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री सुरु गर्दैछ ।

दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्ग्रा पनि काठमाण्डौ आइसकेका छन् । कम्पनीले हिजो खसीबोका प्रतिकेजी ६ सय ८० रुपैयाँ र च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ६० रुपैयाँ मूूल्य निर्धारण गरेको छ ।

गएको वर्ष कम्पनीले खसीबोकाको मूूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो । खरिद मूूल्य नै बढेकाले मूूल्य बढ्न गएको कम्पनीले जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले च्याङ्ग्रा र खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुुट दिइएको जानकारी दिनुभयो।

छुटमा खरिद गर्दा उपभोक्तालाई खसीबोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ पर्नेछ । कम्पनीले खसीबोका प्रतिकेजी ५ सय ७० देखि ६ सय रुपैयाँमा र च्याङ्ग्रा प्रतिकेजी एक हजार १ सय ५० रुपैयाँमा खरिद गरेको कम्पनीले जनाएको छ ।

खाद्यले बिक्री गर्ने मूल्य व्यापारीको भन्दा किलोकै ५० रुपैयाँ सस्तो पर्ने नायब महाप्रबन्धक खनालले बताउनुभयो । यसपालि काठमाण्डौ उपत्यकामा ५० देखि ६० हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान छ । तर खाद्यले थोरै मात्रै बिक्री गर्ने भएकाले सबैलाई सहज हुने अवस्था छैन । यो बजार हस्तक्षेप मात्रै रहेको कम्पनीले जनाएको छ । पशुसेवा विभागले हिजोदेखि नै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण समेत सुरु गरेको छ ।

नवमीको दिनसम्म विभिन्न ठाउँमा गएर खसीबोकाको स्वास्थ्य परीक्षण गरिने विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताउनुभयो । खानयोग्य खसीबोकालाई हरियो र अयोग्यलाई रातो स्टिकर लगाइनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }