मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एन्फा सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल चुनिए


  • माउन्टेन खबर
  • बुधबार, अशोज १२, २०७९
  • 225
    SHARES

काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) मा बाँकी रहेको दुई सदस्य पदका लागि रुपेश अधिकारी र दीपेन्द्र धिमाल चुनिएका छन् ।

बुधवार त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना भएको विशेष साधारण सभाबाट अधिकारी र दीपेन्द्र चुनिएका हुन् । यससँगै एन्फमा २१ सदस्यीय कार्यसमितिले पूर्णता पाएको छ । यसअघि असार ६ गते सम्पन्न निर्वाचनमा चार सदस्य पदका प्रत्यसीको समान ३९ भोट आएपछि दुई सदस्यको टुङ्गो लागेको थिएन । त्यसपछि विशेष साधारण सभाको तयारीमा रहेका चार सदस्यका उम्मेदवारमध्येबाट टुङ्गो लगाउने निर्णय भएको थियो । सोही अनुसार बुधवारको विशेष साधारण सभाबाट अधिकारी र धिमाल विजयी भएको एन्फाका महासचिव किरण राईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

विजयी अधिकारी र धिमालले क्रमशः ५४ र ४७ मत प्राप्त गर्दा लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मतमात्र प्राप्त गरेका थिए । बुधवारकै विशेष साधारण सभाले २०७८ को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेको छ । साधारण सभाले फुटबल सञ्चालनका लागि दीर्घकालिन योजना सहित विभिन्न कार्यक्रमसहित फुटसललाई व्यवस्थित बनाउने, विभिन्न स्थानमा एकेडेमीका कार्यक्रमलाई सञ्चालनमा ल्याउने, एन्फाको आर्थिक कार्यविधि संशोधनसहित पारित समेत गरेको छ । साथै साधारण सभामा भौतिक पूर्वाधार निमार्ण, अनुशासन समिति सहित फुटसल लाइसेन्सिङ तथा सञ्चालन कार्यविधिलाई पनि पारित गरेको छ ।

एन्फाले मोफसलमा आयोजना हुने प्रतियोगिताका लागि सकेसम्म मिति नजुध्ने गरी तालिका बनाएको र खेलाडीलाई प्रतियोगिता अनुसार खेल्नसमेत आग्रह गरेको छ । सबैखाले प्रतियोगितामा सबै खेलाडीलाई उपस्थित नहुन भन्दै राम्रा खेलाडीलाई प्रतियोगिताको स्तर अनुसार सहभागित हुन आग्रह पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }