सोमवार, बैशाख २४, २०८१

लुम्बिनीका बिजुली बसको यान्त्रिक परीक्षण सुरु


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १३, २०७९
  • 240
    SHARES

बुटवल, १३ असोज। लुम्बिनी बिकास कोषले एशियाली विकास बैंकबाट अनुदानमा प्राप्त गरेको विद्युतीय बसको यान्त्रिक परीक्षण शुरु गरेको छ ।

१४ वटा विद्युतीय भ्यान र पाँच वटा बस तीन वर्षसम्म थन्किएर बसेका थिए । बिहीबार लुम्बिनीबाट बुद्धसँग सम्बन्धित देवदह, रामग्राम, कपिलवस्तुसहितका पाँच वटा रुटमा पाँच वटा बस संचालनमा आएका हुन् ।

पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडीबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तीन वर्षदेखि थन्किएर बस्दा चौतर्फी आलोचना बढेको थियो।

बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका सघंसस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँच वटा बस सञ्चालनमा ल्याउने निर्णय गरेपछि बिहीबारदेखि बस संचालनमा ल्याइएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }