मङ्लबार, बैशाख २५, २०८१

थप ३७ विद्युतीय बस ल्याउँदै साझा यातायात


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १४, २०७९
  • 204
    SHARES

काठमाडौ, १४ असोज । साझा यातायातले चीनबाट थप ३७ वटा विद्युतीय बस ल्याउने भएको छ। साझाले चीनबाट ल्याउन लागेका विद्युतीय बस शुक्रबार कोदारी हुँदै न्यान्जिङबाट काठमाडौंका लागि छुटेका छन्।

४० वटा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको साझाले तीनवटा विद्युतीय बस यसअघि नै काठमाडौं ल्याइसकेको छ। चीनबाट छुटेका बस केही दिनमै बाेर्डरमा आइपुग्ने भए पनि बिदाका कारण दसैँपछि मात्र भन्सार पास हुनेछ।

बस काठमाडौं आइपुगेपछि पनि थप कागजी प्रक्रिया र प्राविधिक कामहरू गर्नुपर्ने भएकाले तत्कालै सञ्चालनमा भने आइनहाल्ने साझा यातायातका सञ्चालक समिति सदस्य भूषण तुलाधरले बताए।

‘सम्भवतः दसैँ–तिहारको बीचमा काठमाडौं आइपुग्छ होला। काठमाडौं आएपछि पनि थप टेस्टिङहरू गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कागजी प्रक्रिया र प्राविधिक चेकजाँचका कामहरू गर्नुपर्ने भएकाले हामीकहाँ आएको कम्तीमा पनि एक महिना लाग्न सक्छ सञ्चालनमा ल्याउन।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }