आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने सरकारको निर्णय


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ८, २०७९
  • 188
    SHARES

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सम्पूर्ण सरकारी सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ।

मन्त्रालयले गत २८ कात्तिकमै यस्तो निर्णय गरेको हो। निर्णय अनुसार सम्पूर्ण सरकारी, संस्थान, संघ, प्रदेश र स्थानीय तहका सवारी साधनहरूमा आगामी फागुन मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड जडान गर्नुपर्नेछ।

यातायात व्यवस्था विभागको वेभसाइटमा गई इम्बोस्ड नम्बर प्लेटका लागि आवे्दन दिन सकिनेछ। नजिकको यातायात व्इवस्था कार्यालयमा गई राजस्व विवरण तिरी प्लेट जडान गर्न सकिने विभागले जनाएको छ।

काठमाडौं उपत्यकाको हकमा यातायात व्यवस्था कार्यालयमा गई राजस्व बुझाएपछि यातायात व्यवस्था विभाग, मिनभवनमा गइ नम्बर प्लेज जडान गर्न सकिनेछ।

इम्बोस्ड नम्बर प्लेट जडानबाट सवारी साधनको चोरी, निकासी, राजस्व छली र आपराधिक गतिविधि नियन्त्रण हुने विभागले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }