शुक्रबार, बैशाख २१, २०८१

यतीमा यात्रा गर्ने कुनाल विष्टले जिते यामाहाको स्कुटर


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १४, २०७९
  • 177
    SHARES

काठमाडौं। यती एयरलाइन्सको चाडपर्व उडान अफरअन्तर्गत सञ्चालन गरेको ‘यतीमा मङ्लमय फ्लाइट, बम्परमा जितौँ नयाँ राइड’ को उपहार कुनाल विष्टले जितेका छन्।

यतीले बुधबार सञ्चालन गरेको लक्की ड्र भाग्यशाली विजेता घोषणा कार्यक्रममा विष्टले यामाहा कम्पनीको तर्फबाट २ लाख ८६ हजार ९ सय रुपैयाँ मूल्य यमाहा रे जेड आर स्कुटर प्राप्त गरेका हुन्। विष्टले भद्रपुर–काठमाडौं उडान गरेका थिए।

दोस्रो पुरस्कार दिपक थापाले हात पारेका छन्। उनले बालाजी डाइमण्डको तर्फबाट ८२ हजार रुपैयाँ मूल्य बराबरको हिराको टप प्राप्त गरेका हुन्। थापाले भैरहवा–काठमाडौं उडान गरेका थिए।

यसैगरी, तेस्रो पुरस्कार पोखरा–काठमाडौं उडान गरेकी कल्पना गुरुङले प्राप्त गरेकी छिन्। उनले ५९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको यसुदा वासिङ मेसिन प्राप्त गरिन्।

यती एयरलाइन्सले चाडपर्वको समय यात्रा गर्ने आफ्ना यात्रुहरुलाई लक्षित गरी असोज १० देखि कात्तक २५ गतेसम्म ४७ दिन उडान भर्ने यात्रुलाई उक्त कार्यक्रममा सहभागिता गराएको थियो।

सोही अवधीमा एक लाख १७ हजार ५३८ यात्रुले यती एयरलाइन्समा यात्रा गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। विजेता यात्रुहरुलाई एयरलाइन्सले सम्पर्क गरी उपहार वितरण गरिने बर्तौताले जानकारी दिएका छन्।

कार्यक्रममा बोल्दै एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले यती एयरलाइन्सलाई माया गरेर यात्रा गर्नु भएकोमा सम्पूर्ण यात्रुलाई धन्यवाद दिए। आगामी दिनमा पनि यतीले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रमुख कार्यकारी अधिकृत रिमालको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }