आइतवार, बैशाख २३, २०८१

नेपाल इन्भेष्टमेन्ट बैंकले छैटाैं पटक प्राप्त गर्‍याे ‘बैंक अफ द इयर’ अवार्ड


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १६, २०७९
  • 170
    SHARES

काठमाडाैं, १६ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंकले छैटाैं पटक ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले लण्डनमा आयोजित एक कार्यक्रममा २०२२ को ‘बैंक अफ द इयर’ अवार्ड ग्रहण गरेका हुन्।

२३ वर्षदेखि यस्तो अवार्ड वितरण गर्दै आएको बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सियल टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले नेपाल इन्भेष्टमेन्ट बैंकलाई यो वर्षको सर्वोत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो।

शुक्रबार बिहान लन्डनमा आयोजित समारोहमा अवार्ड वितरण गरिएको हो। यसअघि पछिल्लो पटक सन् २०१६ मा बैंकले अवार्ड प्राप्त गरेको थियो।

पत्रिकाले यो वर्ष १५० भन्दा बढी मुलुकका बैंकलाई अवार्ड दिएको छ। हरेक देशका वाणिज्य बैंकमध्ये सर्वोत्कृष्ट वित्तीय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकाको वेबसाइटमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }