शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २३, २०७७
  • 564
    SHARES

नयाँ दिल्ली।  भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २० लाख नाघेको छ । भारतमा पछिल्लो २० दिनमै १० लाख नयाँ संक्रमित थपिएका हुन् । विश्वमै कोरोना बाट बढी प्रभावित अमेरिका र ब्राजिलभन्दा निकै छिटो भारतमा १० लाख नयाँ  संक्रमित बढेका हुन् ।

वितेको २४ घन्टामा विश्वमा सबै भन्दा बढी संक्रमित भारतमा नै थपिएका छन् । भारतमा एकै दिनमा ६२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् । दैनिक संक्रमित हुनेमा यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

भारतमा पछिल्लो समय कोरोना परीक्षणको दायरा पनि बढाइएको छ । जसले संक्रमितको संख्या बाहिर आइरहेको छ । कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भारतमा ४१ हजारभन्दा बढी रहेको छ । विश्वमा कोरोनाबाट बढी प्रभावित अन्य दुई मुलुक अमेरिका र ब्राजिलमा पनि संक्रमण दर बढ्दो क्रममा नै छ ।

अमेरिकामा पछिल्लो २४ घन्टामा ५५ हजारभन्दा बढी नयाँ संक्रमित थपिए । यो सँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ५० लाख २८ हजार नाघेको छ । कोरोनाकै कारण अमेरिकामा हालसम्म १ लाख ६२ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यसै गरी ब्राजिलमा पनि कोरोनाबाट संक्रमित हुनेको संख्या २९ लाख १७ हजार नाघेको छ । यसै गरी मृत्यु हुनेको संख्या ९८ हजारभन्दा बढी छ । ब्राजिलमा पछिल्लो २४ घन्टामा मात्रै झण्डै ५५ हजार नयाँ संक्रमित थपिएका हुन् ।

विश्वमा पछिल्लो २४ घन्टामा मात्रै २ लाख ६७ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका हुन् । विश्वमा कुल संक्रमितको संख्या १ करोड ९२ लाख नाघेको छ । यसै गरी हालसम्म विश्वमा ७ लाख १६ हजारभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)