शनिबार, बैशाख २२, २०८१

नवनिर्वाचित राष्ट्रपति पौडेलले आज शपथ लिँदै


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २९, २०७९
  • 214
    SHARES

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार-आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

शितलनिवासमा आज दिउँसो १ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेलले शपथ ग्रहण गर्न लागेका हुन् । कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर ल्याई विजयी भएका थिए । पौडेलले ३३ हजार ८ सय २ मत ल्याउँदा नेम्वाङले १५ हजार पाँच सय १८ मत प्राप्त गरेका थिए ।

राष्ट्रपतिको पदावधि ५ वर्ष हुन्छ भने दुई पटकसम्म मात्रै राष्ट्रपतिको उम्मेदवार हुन पाउने व्यवस्था रहेको छ ।

पहिलो राष्ट्रपति डा. रामवरण यादव र दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी पछि पौडेल नेपालको तेस्रो राष्ट्रपति हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }