सोमवार, बैशाख २४, २०८१

विद्यालयको नाम र चिन्हमा एकरुपता कायम गर्न काठमाडौं महानगरको आग्रह


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १७, २०८०
  • 221
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयको नाम र चिन्हमा एकरुपता कायम गर्न आग्रह गरेको छ । महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिह्का बारेमा एकरुपता ल्याउन खोजेको  उल्लेख गरेका छन् ।

नियमावलीको नियम ६९ अनुसार विद्यालयको चिन्ह षट्कोणको हुने उल्लेख छ । जसअनुसार विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्ने उल्लेख छ ।

यस्तै नियम ७० मा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने उल्लेख छ ।

तर सो नियम प्रारम्भ हुनुभन्दा अगाबै नियम विपरीत नामाकरण भैसकेका विद्यालयको हकमा  नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनःनामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने उल्लेख छ ।

यसैगरी  कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रबृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने विषय पनि नियमावलीमा रहेको छ । ‘कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शव्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ । विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शव्द जोडिएको हुनुपर्नेछ’, नियमावलीमा भनिएको छ ।

तर सो उपनियम लागू हुनु अगाबै  नियम विपरीतका शव्दहरू जोडेर नामाकरण भैसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरु देखिनै लागू हुने गरी आवश्यक व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्नुपर्ने स्पष्ट गरिएको छ ।

नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने जनाइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }