आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाले लियो अहिले सम्म ८ लाखको ज्यान


  • माउन्टेन खबर
  • आइतवार, भदौ ७, २०७७
  • 344
    SHARES

काठमाडौं,७ भदौ । विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या आठ लाख पुगेको छ ।

जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका रहेका छन् ।

अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार ४२९ जनाको मृत्यु भएको छ भने दोस्रो धेरै ब्राजिलमा एक लाख १३ हजार ३५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै मानवीय क्षति बेहोरेको मेक्सिकोमा ६० हजार २५४, भारतमा ५६ हजार ८७५ र बेलायतमा ४१ हजार ४२३ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै इटलीमा ३५ हजार ४३०, फ्रान्समा ३० हजार ५१२, स्पेनमा २८ हजार ८३८ र पेरूमा २७ हजार ४५३ सङ्क्रमितको मृत्यु भएको छ ।

त्यसैगरी सङ्क्रमितको सङ्ख्या अमेरिका, ब्राजिल र भारतपछि क्रमशः रुस, दक्षिण अफ्रिका, पेरू, मेक्सिको, कोलम्विया, स्पेन, चिली र इरान रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)