आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जिपी फाउण्डेशनद्धारा कोरोना महामारीमा पत्रकारितामा प्रविधिको प्रयोगबारे सन्चारकर्मीसँग छलफल


  • माउन्टेन खबर
  • सोमवार, भदौ ८, २०७७
  • 532
    SHARES

न्युयोर्क, ८ भदौ । पछिल्लो समयमा निक्कै क्रियाशील बनेको जिपी कोइराला फाउण्डेसनले दैनिकजसो अमेरिकामा बहस सञ्चालन गरिरहेको छ । यसैक्रममा आइतबार विभिन्न देशका सञ्चार विज्ञहरुसँग छलफल कार्यक्रम आयोजना गरेको छ ।

झण्डै एक दर्जन देशका वरिष्ठ सञ्चारकर्मी सहभागी भएको सो कार्यक्रममा कोरोना संक्रमणका कारण उच्च प्रविधि नपनाए सिंगो पत्रकारिता नै धरापमा पर्ने कुरामा जोड दिइयो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले कोरोना संक्रमणका कारण छामा माध्यमहरु धमाधम बन्द भइरहेकाले डिजिटल सञ्चारमाध्यमको विश्वासनीयताका लागि पनि उच्चतम् प्रविधि अपनाउन जोड दिए ।

फाउण्डेसनका अमेरिका अध्यक्ष सोमनाथ घिमिरेले सहजीकरण गरेको सो कार्यक्रममा नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले संकटको बेला पत्रकारिताको भुमिका अरुको नहुने भन्दै सञ्चार माध्यमलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए । उनले छापा माध्यमको वितरणमा समस्या भइरहेका कारण पनि अनलाइन सञ्चार माध्यमहरुलाई विश्वासनीय बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा फाउडेसनकी केन्द्रिय अध्यक्ष तथा नेपाली कांग्रेसकी प्रभावशाली नेतृ सुजता कोइरालाले कोभिड– १९ ले विश्वमै छापा माध्यममा संकट आएकाले डिजिटल प्रविधिलाई प्रयोग गरेर सुचना प्रवाह गर्न जरुरी रहेको बताइन् । उनले कोरोना महामारीका कारण रोजगारी गुमाउनेहरुको संख्या धेरै रहेकाले त्यसतर्फ पनि सोच्ने बेला आइसकेको बताइन् ।

नेपालमा कोरोना संmत्रमणबाट झण्डै ४५ जनाको हाराहारीमा पत्रकारहरु प्रत्यक्ष प्रभावित बनेका छन् । कोरोना संक्रमण बढ्दै गर्दा नेपालमा झण्डै २ हजार सञ्चारकर्मीहरु बेरोजगार भएका छन् ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइली, द इन्डियन परोरामाका प्रधान सम्पादक डा। इन्द्रजित सलुजा, रिपव्लिक टिभी गुजरातकी प्रियंका शर्मा, स्पेनकी इन्ड्रेला वीन, विविसीका अन्तर्राष्ट्रिय विष्लेषक आशिष रोय, सनम अरोरा, अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका नेपाली पत्रकार मुकुन्द सुवेदी लगायतले कोरोना संकटका बेला प्रविधिमार्फत पत्रकारिताको जगेर्ना गर्न विश्वका सञ्चारकर्मीहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)