आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दो, बितेको २४ घन्टामा ९५ हजारभन्दा बढी संक्रमित


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २५, २०७७
  • 698
    SHARES

नयाँ दिल्ली,२५ भदौ। भारतमा बितेको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसबाट संक्रमित बनेका छन् । भारतमा एकै दिनमा ९५ हजारभन्दा बढी संक्रमित भएका छन् । यो संख्या विश्वमै एकै दिनमा संक्रमित हुनेको अहिलेसम्कै सबैभन्दा अत्यधिक हो । यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४४ लाख ६३ हजार नजिक पुगेको छ ।

भारतको दैनिक मृत्यु दर पनि बढ्दो क्रममा नै रहेको छ । भारतमा पछिल्लो २४ घन्टामा ११ सयभन्दा बढी मानिसको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । भारतमा कोरोनाका मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । कोरोनाबाट प्रभावित अमेरिका र ब्राजिलमा पनि पछिल्लो २४ घन्टामा संक्रमण दर र मृत्युदर दुबैमा वृद्धि भएको छ ।

अमेरिकामा एकै दिनमा ३३ हजार बढी संक्रमित भएका छन् भने ब्राजिलमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३४ हजार बढी छ । यी दुबै मुलुकमा बिगत केही दिनदेखि संक्रमण १५ हजार देखि २५ हजारको हाराहारीमा हुने गरेको थियो । यसै गरी केही साता देखि नै दैनिक मृत्यु दर पाँचभन्दा तल रहेको अमेरिका र ब्राजिलमा पछिल्लो २४ घन्टामा ११ भन्दा बढी मानिसको मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ९५ हजार नाघेको छ । यसै गरी ब्राजिलमा १ लाख २८ हजारभन्दा बढी मानिसको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । विश्वभर कोरोना संक्रमणका कारण हालसम्म ९ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २ करोड ८० हजारको हाराहारीमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)