सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको उत्तर पश्चिमी राज्य अरेगोनमा डढेलोमा परेर दर्जनौं मानिसहरु वेपत्ता


  • माउन्टेन खबर
  • आइतवार, भदौ २८, २०७७
  • 382
    SHARES

अमेरिकाको उत्तर पश्चिमी राज्य अरेगोनमा केही दिन पहिलेदेखि जङ्गलमा फैलिएको डढेलोमा परेर दर्जनौं मानिसहरु वेपत्ता भएका छन् । डढेलोका कारणकम्तिमा २५ जनाको मृत्यु भएको विविसीले जनाएको छ । दर्जनौं मानिस अझै हराइरहेका छन् भने दशौं हजार आफ्नो घर छोड्न बाध्य भएका छन् । उक्त स्थानमा हजारौँ एकड जमिन र त्यहाँ रहेका संरचनाहरू आगोले विनास गरेको छ ।

राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यू फेल प्लेका अनुसार उद्धारकर्मीहरूले ठूलो सङ्ख्यामा डढेलोका कारण मृत्यु भएका हुनसक्ने विवरण दिएका बताउनुभयो ।

डढेलोका कारण ४० हजार ओरेगोनियालीलाई घरबाट सुरक्षित स्थलमा सारिएको छ भने करिब पाँचलाख व्यक्तिलाई सुरक्षित स्थलमा सानुपर्ने सम्भावना रहेको भन्दै सबैलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको छ ।

उपनगरीय इलाका तथा ओरेगोनको अति घना वस्तीहरूमा ती दुई विशाल डढेलो मिसिने खतरा रहेको अधिकारीहरूले बताएका छन् ।सयौं अग्निनियन्त्रक समूहले दुई ठूला डढेलो नियन्त्रणका लागि अनवरत सङ्घर्ष गरिरहेको भएपनि अझै नियन्त्रणमा लिन नसकेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)