आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वमै सबैभन्दा तीव्र कोरोना संक्रमण भारतमा : डब्लुएचओ


  • माउन्टेन खबर
  • सोमवार, भदौ २९, २०७७
  • 577
    SHARES

काठमाडौं, २९ भदौ । विश्वमा एक दिनमा महामारी फैलिएयताकै बढी संख्यामा संक्रमित थपिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। पछिल्लो २४ घण्टामा थप ३ लाख ७ हजार ९ सय ३० जनाका संक्रमण पुष्टि भएको हो। २४ घण्टाभित्र थपिएको संक्रमतिको यो संख्या अहिलेसम्मकै बढी भएको डब्लूएचओले जनाएको छ।

त्यसमा पनि सबैभन्दा बढी संक्रमित छिमेकी मुलुक भारतमा थपिएका हुन्। डब्लूएचओको रिपोर्टअनुसार शनिबार भारतमा ९४ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसपछि क्रमशः अमेरिकामा ४५ हजार ५ सय २३ र ब्राजिलमा ४३ हजार ७ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस अवधिमा अमेरिका र भारत दुवै देशमा कोरोना कारण हजारभन्दा बढी मानिसको मृत्यु भएको डब्लूएचओले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)