आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना विरुद्ध लड्न भारतलाई रुसको सहयोग


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 444
    SHARES

नयाँ दिल्ली,१ असोज।  कोरोना भाइरस संक्रमणबाट अति प्रभावित देश भारतलाई रुसले १० करोड डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । रुसी खोप निर्माता कम्पनीले स्पुतनिक भी नामक कोरोना विरुद्धको खोप विकास गरेको हो ।

सो कम्पनीले भारतको रेड्डी लेबोरेटोरिजलाई खोप उपलब्ध गराउने जनाएको हो । भारतमा स्पुतनिक भी खोपको क्लिनिकल परीक्षण र खोप वितरणका लागि रुसी कम्पनी र विश्वविख्यात औषधि उत्पादक कम्पनी डा रेड्डीबीच सम्झौता भएको हो । रुसले भारतीय नियामक निकायबाट अनुमति पाए लगत्तै स्पुतनिक खोपको आपूर्ति गरिने जनाएको छ ।

भारतमा कोभिड–१९ विरुद्ध लड्न स्पुतनिक भी खोप विश्वासिलो विकल्प हुने विश्वास भारतीय अधिकारीहरुको छ । भारत विश्वमै कोरोना भाइरसका कारण सर्वाधिक असर परेको मुलुकका रुपमा देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)