शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईपीएलमा साविक विजेता मुम्बई इन्डियन्स, चेन्नई सुपर किङ्ससँग पाँच विकेटले पराजित


  • माउन्टेन खबर
  • आइतवार, अशोज ४, २०७७
  • 848
    SHARES

चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

हिजोदेखि शुरू भएको आईपीएलको उद्घाटन खेलमा  साविकको उपविजेता चेन्नईले साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्‍यो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले चेन्नईसमक्ष १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेकोमा चेन्नईले सो लक्ष्य १९ ओभर दुई बलमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो। गत वर्षको फाइनलमा मुम्बईसँग मात्र १ रनले पराजित भएपछि चेन्नई उपाधि जित्नबाट चुकेको थियो।

यसैबीच आज दिल्ली क्यापिटल्स र किङ्ग्स इलेभन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ। शेख जाएद रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ।

तेह्रौँ संस्करणको आईपीएलअन्तर्गत कुल आठ क्लबहरू प्रतिस्पर्धा गर्दैछन्। १० नोभेम्बर सम्म चल्ने आईपीएल यसअघि २९ मार्चमा भारतमै शुरू हुने तय भएको थियो। तर कोरोनाभाइरस महामारीका कारण पूर्वनिर्धारित तालिका रद्द गरी यूएईमा गर्ने निर्णय गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)