शुक्रबार, बैशाख २१, २०८१

नक्कली भ्याट बिल प्रकरणमा ११ करोडको मुद्दा दर्ता


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ६, २०७७
  • 250
    SHARES

काठमाडौं, ६ असोज ।

राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) को प्रयोग गरी राजस्व छलेको आरोपमा दुई फर्म विरुद्ध ११ करोड ३१ लख रुपैँया विगो माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

चितवन भरतपुर स्थित सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक केशवराज कँडेल समेत तीन जनालाई ६ करोड २२ लाख ७४ हजार दुई सय रुपैयाँको विगो मागदाबी भएको छ । त्यस्तै, झुटा भ्याट बिल प्रयोग गर्ने ललितपुर महानगरपालिका वडा नं. १३ स्काइ लाइन ट्रेडर्स एण्ड सप्लायर्सका प्रोपाइटर वीरेन्द्र कुमार चौधरी, र उक्त फर्मसँग मिसम्याच कारोबारमा रहेको यति इन्टरनेशनलका प्रोपाइटर उषा कुमारी चौधरी र रिवाज इन्टरनेशनल प्रालिका सञ्चालक हर्ष चौधरीबाट समेत गरी ५ करोड ८ लाख ९४ हजार दुई सय १६ रुपैँया विगो दाबी गर्दै अदालतमा मुद्दा दायर भएको छ ।

सन्तोषी निर्माण सेवाले वस्तु तथा सेवा खरिद नै नगरी झुठा र नकली भ्याट बिल मात्र खरिद गरी भ्याट र आयकर समेत छलेको थियो । सन्तोषी निर्माण सेवाका सञ्चालकहरु अर्थात् मुद्दामा प्रतिवादी बनाइएकाहरुलाई २ करोड तीन लाख भ्याट, ३ करोड ६७ लाख आयकर र लाभांश कर र लाभांश ५२ लाख ३४ हजार रुपैँया छली गरेको निर्धारण गरेको छ ।

त्यस्तै स्काइलाइन ट्रेडर्सले पनि वस्तु तथा सेवा खरिद नै नगरी नक्कली भ्याट बिल खरिद गरेर राजस्व चुहावटको कसुर गरेको विभागले उल्लेख गरेको छ । स्काइलाइन र यससँग सम्बन्धित अन्य फर्महरुको कारोबारमा मिसम्याच देखिएपछि विभागले मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }