शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पृथ्वी राजमार्गको कुरीनटारमा पहिरो


  • माउन्टेन खबर
  • बुधबार, अशोज ७, २०७७
  • 413
    SHARES

नारायणगढ,७ असोज। 

पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्ड अन्तर्गत कुरीनटारमा पहिरो खसेको छ । आज साँझ ६ः३० वजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो ठाउँको पहिरो रातिनै पन्छाउने प्रयास गरिनेछ ।

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चार किलो र पाँच किलोमा पहिराका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याईएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ती स्थानमा दिउँसो ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो । साँझ सातबजे बाट दुबै ठाउँमा सडक एकतर्फी सञ्चालनमा आएको भट्टले जानकारी दिनुभयो । दुई दिन यताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }