आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अभिषेक बच्चन तथा ऐश्वर्या राय बच्चनबीच खटपट


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर २९, २०८०
  • 221
    SHARES

मुम्बई– पछिल्लो केहि दिनदेखि बलिउड सुपरस्टार अमिताभ बच्चनको परिवारबाट तनावका खबरहरु आइरहेका छन् ।

बच्चन परिवारका एक्लो छोरा अभिषेक बच्चन तथा बुहारी ऐश्वर्या राय बच्चनबीच खटपटको चर्चा लगातार चल्दै आइरहेको छ ।

यसैबीच, ऐश्वर्याले र अभिषेकबीच तनाव बढ्न थालेको बताइन्छ । सम्भवतः दुबैले अलग हुने निर्णय पनि लिन सक्छन् ।

पारिवारिक सुत्रका अनुसार ऐश्वर्या र अभिषेक अहिलेसम्म छोरी आराध्याका कारण संगै बस्थे । यद्यपि, अभिषेक र ऐश्वर्याको सम्बन्ध त वर्षौँ पहिला नै बिग्रन थालिसकेको थियो । तर अब दुबैले ठूलो निर्णय लिने भएका छन् ।

यसैबीच ऐश्वर्याले श्रीमान् अभिषेक बच्चनको घर छाडेकी छिन् र उनी आफ्नो माइतमा आमासंग बस्न थालेकी छिन् । यद्यपि यसबारेमा अहिलेसम्म आधिकारिक भनाई भने आएको छैन ।

जहिलेदेखि अमिताभ बच्चनले आफ्नो मूल्यवान घर जलसा आफ्नी छोरी श्वेता बच्चनको नाममा पास गरिदिए, त्यहि समयदेखि अभिषेक र ऐश्वर्याबीचको तनाव तिव्रताका साथ सामाजिक सञ्जालमा आइरहेको छ । अहिले श्वेता जलसामा बस्न थालिसकेको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)