आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एनिमलको केही दृश्यमा सनी देओलको आपत्ति


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर २९, २०८०
  • 212
    SHARES

एजेन्सी । संदीप रेड्डी वांगाको निर्देशनमा बनेको फिल्म एनिमलले बक्स अफिसमा एकपछि अर्को रेकर्ड तोडिरहेको छ । फिल्म विश्वभर ८ अर्ब भारु कमाउने बाटोमा छ । 

रणवीर कपुर र रश्मिका मन्दनाको शीर्ष भूमिका रहेको यो फिल्ममा बबी देओलले खलपात्रको भूमिका निर्वाह गरेका थिए । फिल्ममा जम्माजम्मी गरेर बबीको जम्मा १५ मिनेटका भूमिका छ ।

बोल्न नसक्ने पात्रको भूमिका निर्वाह गरेका बबीको फिल्ममा अभिनयको निकै तारिफ भइरहेको छ । यो फिल्ममा बबीको चर्चा सुनेर उनका पिता बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र मख्ख छन् । फिल्ममा आफ्नो भाइको कामलाई सनी देओलले पनि निकै मन पराएका छन् । भाइको अभिनय देखेर आफूलाई गर्व लागेको उनले बताएका थिए । तर फिल्मको केही दृश्यमा भने उनले आपत्ति जनाएका छन् ।

प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)सँग कुराकानी गर्ने क्रममा उनले एनिमल हेरेको बताए । उनलाई यो फिल्म पनि मन पर्‍यो । भाइका लागि उनी खुसी पनि छन् । ‘एनिमल राम्रो फिल्म हो । तर फिल्ममा यस्ता केही चिज थिए, जो मलाई मन परेन । यी सिनहरु म कुनै पनि फिल्ममा मन पराउँदिन थे, चाहे यो मेरै फिल्ममै किन नहोस्,’ उनले भने । व्यक्तिगत रुपमा फिल्मलाई मन पराउने वा मन नपरायने अधिकार आफूलाई भएको पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)