बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय अभिनेत्रीहरु दीपिका, सारा र श्रद्धा लागूऔषध मुद्दामा तानिए


  • माउन्टेन खबर
  • शनिबार, अशोज १०, २०७७
  • 516
    SHARES
  • तस्वीरः नवभारत टाइम्स

मुम्बई , १० असोज।

लागूऔषध मामिलामा आरोप लागेका चर्चित भारतीय अभिनेत्रीहरु दीपिका पादुकोण, श्रद्धा कपुर र साराअलि खानसँग शनिबार भारतको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले सोधपुछ गरेको छ ।

शनिबार बिहानै एनसीबी कार्यालय पुगेकी दिपिका, श्रद्धा र सारासँग सोधपुछ जारी रहेको नवभारत टाइम्सले जनाएको छ ।

अभिनेता सुशान्त सिंह राजदुतको आत्महत्या प्रकरणमा लागूऔषध जोडिएपछि उनकी प्रेमिका अभिनेत्री रिया चक्रवर्ती विवादमा तानिएकी थिइन् । उनी अहिले एनसीबीको हिरासतमै छन् ।

यही सिलसिलामा बलिउडमा लागूऔषधको प्रयोगबारे छानबिन गर्दै एनसीबीले यी अभिनेत्रीहरुलाई बयानका लागि बोलाएको हो ।

अर्की अभिनेत्री रकुलप्रित सिंहसँग शुक्रबार बयान लिइएको थियो । उनीहरुले ह्वाट्सएप ग्रुप बनाएर ड्रग्सको प्रयोग गरेको समेत भारतीय मिडियामा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)