आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति ट्रम्प माथी कर छलिको आरोप


  • माउन्टेन खबर
  • सोमवार, अशोज १२, २०७७
  • 570
    SHARES

ऐजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएको वर्ष आफ्नो आयकर केवल ७ सय ५० अमेरिकी डलर मात्रै तिरेको दि न्युयोर्क टाइम्सको आरोप छ ।

सो पत्रिकाले राष्ट्रपति ट्रम्प र उहाँका कम्पनीहरुको दुई दशकको कर सम्बन्धी जानकारी आफूसँग भएको बताउँदै बितेको १५ वर्षमा १० वर्ष कुनै पनि आयकर नबुझाएको पनि जनाएको छ । कम्पनीले घाटा व्यहोरेको जनाउँदै कर नतिरेको उल्लेख गरिएको छ ।

दि न्युयोर्क टाइम्सको सो समाचार पूर्ण रुपमा गलत भएको राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिनुभएको छ ।

आइतबार राष्ट्रपति ट्रम्पले कर छली गरेको सम्बन्धी समाचार छापिएपछि प्रतिक्रिया दिंदै उहाँले आफूले कर तिरेको तर त्यो फिर्ता भएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)