शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फेञ्च ओपन

स्ट्यानिलस वारिन्काको विजयी शुरूवात


  • माउन्टेन खबर
  • सोमवार, अशोज १२, २०७७
  • 424
    SHARES

स्वीश खेलाडी स्ट्यानिलस वारिन्काले फेञ्च ओपनमा विजयी शुरूवात गरेका छन्। मे २४ देखि शुरू तय भएपनि कोरोनाभाइरस महामारीका कारण पछाडि धकेलिएको फेञ्च ओपन हिजोदेखि शुरू भयो।

विश्व वरियतामा हाल १७ औँ स्थानमा रहेका वारिन्काले पूर्व विश्व नम्बर एक एन्डी मरेलाई ६-१, ६-३ र ६-२ को सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरेका हुन्। त्यस्तै हिजै पुरुष एकलतर्फ भएको अर्को खेलमा हालै सम्पन्न यूएस ओपनका उपविजेता एलेक्सान्डर जेभेरेभले डेनिस नोभाकलाई पराजित गरे।

महिला एकलतर्फको उद्घाटन खेलमा पराजय बेहोरेपछि हाल विश्व वरियतामा पन्धौँ स्थानमा रहेकी बेलायती खेलाडी जोहाना कोन्टा फेञ्च ओपनबाट बाहरिएकी छिन्। कोन्टा हाल विश्व वरियतामा ५३ औँ स्थानमा रहेकी अमेरिकी टेनिस खेलाडी कोको गउफसँग ६-३ ६-३ को सोझो सेटमा पराजित भइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)