शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईपीएल क्रिकेट

सुपर ओभरमा मुम्बई पराजित


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १३, २०७७
  • 619
    SHARES

दुबई,१३ असोज।     इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर विजयी भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा  ब्याङ्ग्लोरले गत वर्षको विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराउँदै प्रतियोगितामा आफ्नो दोस्रो जित हात पार्‍यो।

टस हारेपछि ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०१ रनको योगफल बनाएको थियो। ब्याङ्ग्लोरले दिएको २ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको मुम्बईले ५ विकेटको क्षतिमा २ सय १ रन नै बनाएपछि खेल सुपरओभरमा गएको थियो ।

सुपरओभर खेल्ने क्रममा पहिला ब्याटिङ गरेको मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो। त्यसपछि ब्याङ्ग्लोरले बिना विकेटको क्षति ११ रन जोडेपछि ब्याङ्ग्लोर विजयी बन्न पुग्यो।  ब्याङ्ग्लोरका एबी डी भिलियर्स म्यान अफ द म्याच घोषित भइ। ‍

यसैबीच आईपीएलअन्तर्गतको एघारौँ खेलमा आज नेपाली लेग स्पीनर सन्दीप लामिछानेआबद्ध क्लब  दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ। शेख जायद रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)