शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मंगलबार लिगकपमा टोटनहमले चेल्सीलाई टाइब्रेकरमा ५–४ ले हरायो


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 597
    SHARES

लन्डन ,१४ असोज। मंगलबार लिगकपमा टोटनहमले चेल्सीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको छ । चौथो चरणको खेलका निर्धारित समय १–१ को बराबरीमा रहेको थियो । पेनाल्टी सुटआउटमा चेल्सीका लागि मेसन माउन्टको प्रहार गोल हुन सकेन ।

चेल्सीका लागि उनले गरेको पाँचौं प्रहार पोस्टमा लागेको थियो । यसलाई छाडेर यसअघिका सबै प्रहार गोल भए । यसअघि चेल्सीले जर्मन फरवार्ड टिमो वार्नरको गोलले १९ औं मिनेटमा अग्रता लिएको थियो ।

टोटनहमका तर्फबाट एरिक लमेलाले ८४ औं मिनेटमा बराबरी गोल फर्काए । टोटनहम व्यवस्थापक जोसे मोउरिन्हो आफ्नो पूर्व क्लब चेल्सीविरुद्ध दोस्रो रोजाईका खेलाडीको बाहुल्य रहेको टिम उतारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)