शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जर्मन सुपरकप

जर्मन सुपरकप बायर्न म्युनिकको हातमा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 469
    SHARES

म्युनिक, १५ असोज । बायर्न म्युनिकले दुई गोलको अग्रता गुमाएर संघर्ष गर्दै बुधबार बोरुसिया डर्टमन्डलाई ३–२ ले हरायो र जर्मन सुपरकप जित्यो । बायर्नका लागि जोसुआ किमिचले ८२ औं मिनेटमा निर्णायक गोल गरे । खेलको १८औं मिनेटमा कोरेन्टिन टोलिसोले बायर्नका लागि पहिलो गोल गरेका थिए । त्यसपछि ३२‍औं मिनेटमा बायर्नका लागि थोमस मुलरले दोस्रो गोल गरे । डर्टमन्डका लागि ३९औं मिनेटमा जुलियन ब्रान्ड्टले पहिलो गोल गरे भने ५५औं मिनेटमा इर्लिङ ब्रट हल्यान्डले बराबरी गोल गरेका थिए ।

बायर्नले यो वर्ष जितेको यो पाँचौं उपाधि हो । बायर्नले यसअघिको खेलमा आइतबार मात्रै होफनहायनविरुद्ध ४–१ को हार बेहोरेको थियो । यससँगै उसको लगातार ३२ खेलको अपराजित यात्रा टुंगेको थियो ।

बायर्नले यो वर्ष जर्मन लिग र कप, युरापेली च्याम्पियन्स लिग तथा युरोपेली सुपरकप पनि जितिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)