आइतवार, बैशाख २३, २०८१

लुकाकुको दुई गोलमा इन्टर मिलान ‘सिरी ए’ मा आफ्नो शतप्रतिशत जित कायम राख्न सफल


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 314
    SHARES

मिलान,१५ असोज । रोमेलु लुकाकुको दुई गोलमा इन्टर मिलानले बुधबार इटालीको ‘सिरी ए’ मा आफ्नो शतप्रतिशत जित कायम राख्दै  बेनेभेन्टोलाई सजिलै ४–१ ले हराएको छ ।
इन्टरले लिगका सुरुवाती दुवै खेलमा ‘हाइ स्कोरिङ’ जित निकालेको छ ।

यसअघि उसले फियोरेन्टिनालाई ४–३ ले हराएको थियो । एन्टोनियो कोन्टेको इन्टरलाई उपाधिका होडमा युभेन्ट्सको मुख्य प्रतिस्पर्धा मानिएको छ । बुधबारका अन्य खेलमा एटलान्टाले लाजियोलाई ४–१ ले हरायो ।

लाजियोको घरमै यो हारलाई स्तब्धपूर्ण मानिएको छ । यस्तै अर्को खेलमा स्पेजियाले युडिनेजीलाई २–० ले हरायो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }