आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

जापानमा बेरोजगारी दर ३ वर्ष यताकै उच्च


  • माउन्टेन खबर
  • आइतवार, अशोज १८, २०७७
  • 305
    SHARES

काठमाडौं, १८ असोज । जापानको बेरोजगारी दर अगस्टमा ३ वर्ष यताकै उच्च देखिएको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा प्रतिकूल असर परेको छ । व्यापार व्यवसायमा पनि मन्दी छाएको छ । यसको प्रत्यक्ष प्रभाव रोजगारीमा देखिएको हो । लक डाउनसहित नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । जापानमा अगस्टमा बेरोजगार दर ३ प्रतिशत पुगेको सरकारद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महिना बढेको हो । गत जुलाईमा बेरोजगार दर २।९ प्रतिशत रहेकोमा यो अगस्टमा बढेर ३ प्रतिशत पुगेको हो । गत वर्षभन्दा यस वर्ष जापानमा ४ लाख ९० हजार बढी व्यक्ति बेरोजगार भएका छन् । यससँगै कुल बेरोजगार संख्या २६ लाख पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)