बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चर्चित टेलिभिजन कार्यक्रम

मुन्द्रे कमेडि क्लब कार्यक्रमको सभापतिको भूमिकामा अब नायीका करिष्मा मानन्धर


  • माउन्टेन खबर
  • सोमवार, अशोज १९, २०७७
  • 599
    SHARES

काठमाडौं,१९ असोज । कोरोनाका कारण रोकिएको चर्चित टेलिभिजन कार्यक्रम मुन्द्रे कमेडि क्लबको पुन सूचारु हुदैछ  तर नयाँ श्रृखलाहरुमा  कार्यक्रममको सभापतिको भूमिकामा नायीक दिपा श्री निरौलाको स्थानमा नायीका करिष्मा मानन्धर रहने छिन् ।

लामो समय देखी सहकार्य गर्दे आएको दिपालाई हटाएर करिष्मा राखिएपछि संञ्चारक्षेत्र संगै सामाजिक संञ्जालमा मुद्रे अर्थात जितु नेपाल संग सम्बन्ध बिग्रीएको खबर सार्बजनिक भएपछि जितु नेपालले सामाजिक संञ्जाल  मार्फत स्पष्टिकरण दिएका छन् ।

जितुले लेखेका छन्- ‘मुन्द्रे कमेडि क्लबको ७६ भाग सम्म पहिलो सिजनको अध्यक्ष आदरणीय दिपा श्री निरौला ज्यु सहित आदरणिय राजाराम पौडेल दाई लुनीभा तुलाधर जी,शिवहरी बैरागी दाई,सन्धा बुढा,(काउली बुढी) राजेन्द्र नेपाली (लट्टे) सबै जना मुन्द्रे कमेडि क्लबको परिवारको सदस्य हो कुनै पनि बेला हाम्रो सहकार्य फेरि रहन्छ। कसैलाई पनि समाचारमा आएको जस्तो निकालीएको होईन। फेरि कोहि आउनै न मिल्ने ल्याउदै न ल्याउने होईन केवल सिजन–२ मा केही नयाँ गरौ भन्ने मुन्द्रे कमेडि क्लबका निर्माता निर्देशक लगायत निर्माण टिमको सल्लाहमा यसका अध्यक्ष लगाएत केही पात्रहरु परिवर्तन हुनु भएको हो। परिवर्तन हुनु भनेको हटाउनु होईन।

अर्को सिजनमा फेरि पनि हाम्रो सहकार्य अवश्य रहनेछ। कार्यक्रमको आबश्यकता  अनुसार हामी सबैलाई समेट्ने छौ। सिजन–२ को नयाँ भाग आगामी सोमबारबाट राती ८५० बजे नेपाल टेलिभिजन र  त्यसपछि जितु कमेडी युटुब च्यानल मार्फत हेर्न सकिने छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)