मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश ५

प्रदेश राजधानी विवाद :रुपन्देहीका दुई हजारभन्दा बढी व्यवसायीहरूले गरे नेकपा परित्याग


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २०, २०७७
  • 829
    SHARES

रुपन्देही,२० असोज । प्रदेश ५ को राजधानी बुटवलबाट सार्ने निर्णयको तरंग रुपन्देहीमा आएको छ । नेकपा र प्रदेश सरकारको यही निर्णयका कारण यस जिल्लाका नेकपाका पार्टी सदस्य रहेका रुपन्देहीका  दुई हजारभन्दा बढी व्यवसायीहरूले नेकपा परित्याग गरेका छन् । उनीहरुले मंगलबार पार्टी सदस्यबाट राजीनामा बुझाएका हुन्।

नेकपाको सो निर्णयको विरोध गरेर यसरी राजनीतिमा दिने व्यवसायीहरुमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत परेका प्राप्त समाचारमा जनाइएको छ । यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा रहेका दुई हजार तीन सयभन्दा बढी नेकपा पार्टी सदस्यहरुले पार्टीमा राजीनामा बुझाएका बताइएको छ ।

यसरी पार्टी छोड्नेमा खासगरी यहाँका स्थानीय व्यवसायीहरु रहेका बताइएको छ । यस जिल्लाका होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीले जनभावनाको विरुद्धमा गएर काम गरेको बताए । यहाँका नागरिकले पार्टीलाई सरकारमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि अहिले आएर पार्टीले सो कुराको मूल्यांकन नै नगरेको र व्यवसायी मतदाताको अवमूल्यन भएको पनि उनले बताए।

व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र  सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने उनले जनाएका हुन्।

‘पार्टीले राजधानी सार्ने काममा निरंकुश तरिका अपनाएको उनको आरोप छ । उनले भनेका छन्( ुहाम्रा माननीयहरूलाई मत राख्न समेत बञ्चित गरियो। यसरी निरंकुशता स्वीकार गरेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकोले राजीनामा दिने निर्णय गरेका हौु, बुटवलमा आयोजित पत्रकार सम्मेलनमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले भने।

नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काध चढेर चुनाव जितेका पार्टीका नेताहरूसँगै बस्नुको कुनै औचित्य नभएको बताए। उनले संसदमा पेस भएको राजधानीसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरे। उनकाअनुसार यहाँका अधिकांश स्थानीय व्यवसायीहरुले पार्टीमा नरहने बारेमा निर्णय गर्न लागेका पनि उनले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)