आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नोबेल पुरस्कार

भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २०, २०७७
  • 680
    SHARES

स्टकहोम।  खगोल विज्ञान खासगरी ब्लाकहोलका क्षेत्रमा उल्लेखनीय अनुसन्धान गरेबापत यस वर्ष सन् २०२० को भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ ।

नोबेल एसेम्ब्लिका अनुसार रोयल स्वेडिस एकेडेमीले वैज्ञानिकहरु रोजर पेनरोज, राइनहार्ड गेन्जेल र एन्ड्रिया घेजलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । अन्तरिक्ष विज्ञानमा ब्लाकहोलको रहस्यबारे अनुसन्धान गर्नु भएका तीनै वैज्ञानिकले ब्लाकहोलको गुरुत्वाकर्षणका कारण प्रकाश समेत छिर्न नसक्ने दाबी गर्नु भएको छ । ब्लाकहोलको यस क्षेत्रमा पदार्थ आफैंमा विलुप्त हुन्छ ।

पुरस्कृत व्यक्तित्वमध्ये गेन्जेल जर्मनीका हुनुहुन्छ भने घेज अमेरिकी हुनुहुन्छ । अर्का पुरस्कृत वैज्ञानिक पेनरोज बेलायती नागरिक हुनुहुन्छ ।

उहाँहरु तीनै जना खगोल र भौतिक विज्ञानका क्षेत्रमा प्राध्यापक हुनुका साथै विभिन्न विश्वविद्यालयमा अद्यापी अनुसन्धान र प्राध्यापनमा संलग्न हुनुहुन्छ ।

करिब १ करोड स्वेडिस क्रोनरको यो पुरस्कारको रकममध्ये आधा रोजर पेनरोज र बाँकी आधा अन्य दुई बैज्ञानिकलाई आधा–आधा प्रदान गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)