बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गीतकार डा. उपाध्यायको ‘बत्तिस लक्षणकी भएकी बुहारी’ सार्वाजनिक


  • माउन्टेन खबर
  • बुधबार, अशोज २१, २०७७
  • 985
    SHARES

काठमाडौं ,२१ असोज। विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘बत्तिस लक्षणकी भएकी बुहारी‘’ सार्वाजनिको छ । सासु बुहारीबीचको सम्बन्धलाई व्यक्त गरिएको गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक भएको हो ।

उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम अञ्जान तिर्खामा रहेको यो गीतमा सन्तोष श्रेष्ठको सङ्गीतमा प्रशन्ना शाक्य र रिता केसीको स्वर रहेको छ ।

सुभाष प्रधानको निर्देशन र चादनी शाहीको सहनिर्देशन रहेको गीतको भिडियोमा मनोज ओली, रस्मी श्रेष्ठ, सपना थापा र प्रभास लिम्बुको अभियन रहेको छ । डम्बर राईको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

विभिन्न आधुनिक गीतको म्युजिक भिडियोमा सशक्त अभिनय गर्न सफल रश्मिले असल बुहारीको भुमिका पनि सशक्त रूपमा निभाएकि छिन्।

सासु र बुहारीको सम्बन्धलाई लिएर नकारात्मक चित्रण मात्र हुने गरेको हाम्रो समाजमा प्रस्तुत गीतले भने सासु बुहारीको सकारात्मक भुमिकालाई उजागर गर्न खोजेको छ।

सासु बुहारी मिलेर घरलाई स्वर्ग बनाउनु पर्छ भन्ने शन्देश गीतले दिन खोजेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)